Wednesday, March 2, 2011

सफलता मिलोस तिमीलार्इ जीवनको हरेक पलमा
कसैको नजर नलागोस तिम्रो साहस र बलमा ।
तिमीले देखेका हरेक सपनाहरु पुरा हुन
तिम्रो दुइ आखाँबाट कहिल्यै आँसु नझरुन ।।

दिल लगाएर गर्नु तिमीले आफ्नो सारा काम
सारा संसार भरि फैलियोस तिम्रो नै नाम ।
भरिपूर्ण्ा होस तिम्रो जिवन ठूलावडाको आशीवार्द र मायाले
पछ्याउन कहिले नछोडोस तिमीलार्इ सफलताको छायाले ।।

इज्जत र नाम होस तिम्रो सारा जगतमा
दाग कहिल्यै नदेखियोस तिम्रो शरीरको रगतमा ।
सधै अघि बढून् तिम्रो पार्इला, बुझि आफ्ना कर्म
सधै बुझोस तिम्रो मनले दुखीहरुको मर्म ।।

संसारको कुनाकुनामा छरियोस फूलको सुबास
संसारको हरेक चिजले दिलाओस तिम्रो आभास ।
अधुरा नरहुन तिम्रा कुनै पनि इच्छा र चाहाना
यहि छ मेरो तफवाट निष्ठुरी तिमीलार्इ सफल जिवनको शुभकामना ।।

No comments: