Wednesday, March 2, 2011

स्वागत तिम्रो गर्छिन कोइली गाउँदै मिठो गित
सुसेली हाल्छ पवन आज साट्‍नलाइ न्यायो पि्रत ।
आउ मिलि संगै गाऔ अजम्बरी मित्रताको गित
हार्नु नपरोस कहिल्यै पनि सधै होस तिम्रो जित ।।

साथी माभm दुख-सुख बाडेको नै जाती
सुनौलो यी जिन्दगीमा बनौ असल साथी ।
थालौ काम विहानी मै अवेर हुन्छ राती
सफलताको सिढि चढ्‍न खाचो हुन्छ साथी ।।

दुख पिडा तिम्रो सबै शत्रुतिर सरुन
पार्इला तिम्रो सधैभरि उन्नतीमा बढुन् ।
हाँसुन् गाउन् नाचुन् सधै छ मेरो हेर्ने चाहाना
यहि छ सबैलार्इ जिन्दगीमा सफलताको शुभकामना ।।

No comments: