Thursday, March 30, 2017

मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु

तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !
तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगि बढाउँदा !!
मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !
अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!
 
शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !
तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !!
मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !
मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!

Sunday, March 30, 2014

अपुरो छ जिन्दगी

जब 'सनो' थिए जोड-जोड ले रुन्थे
आफ्नो चाहना पाउन लाई…
तर
अब 'ठुलो' भए लुकेर रुन्छु आफ्नो चाहना लुकाउन
लाइ!
अपुरो छ जिन्दगी

Thursday, January 30, 2014

तमोर नदीको किनारै किनार

जब,
तमोर नदीको किनारै किनार
म उडिरहेको बादल समात्न दौडिन्छु
साथी !
कुनै ढुङ्गामा ठेस लाग्दा
हात दिनु ।।

अभावको
खेतहरुमा आँसुको झरीले भिजाएर
जब म तराइको फाटहरुमा
असार रोपेर
पहेंलपुर मंसिरको कल्पना गर्छु
साथी,
मलाइ आत्मबिश्वासको
एक मुष्ठी बीज दिनु !
सुर दोभानको उकालो
थोरै सातु चामलको बन्दोबस्ती

यार्सागुम्बाको खोजीमा
गौरीशंकरको हारहारीमा
झिस्मिरेमा पालबाट निस्किदा
लालाबाला- घर र घरकी मान्छे
आपदमा रोए भने
बिपदमा भए भने
फर्की आउँने आट दिदै
साथी,
घरको चुल्हो बाल्न दाउरा चिरी दिनु ।

यो आगो उमार्ने गर्मीमा
म लोडर छु,स्टोर किपर छु
लेवर छु र अलक्रुजमा ट्याक्सी कुदाउछु
यस पटक छोरालाई स्मार्ट फोन चाहियो रे
छोरीले आइ प्याड मागेकी छे
यहाँ पैसा फल्ने रुख छैन
साथी,
सम्झाइदिनु
यो अरब हो,नामको अरब
मजदुर हौ हामी
मैले तिनको चित्त बुझाउन
मालिकलाई ढाट्नु पर्छ
कम्पनीमा लामो हात गर्नु पर्छ
अनि
सम्झाइ दिनु
यहाँ अपराधीलाई कडा सजाय हुन्छ
नेपाल जस्तो होइन ।
हो !

आज मित्र दिवश
मित्रहरुको दिन ।
आँसुभित्र खुसी भेटाउने
मनभित्र तस्वीर सजिने
मलाई कुनै मित्र दिनु
जसको आभाषलाई पनि म प्रेम गर्न सकु ।।

Saturday, October 12, 2013

बिजया दशमीको हार्दिक मंगलमय सुभकामना

फुली रहोस रहर हरु बगैचामा फुलेको फुल सरि !
मौलाई रहोस जीवन हरियो ति दुबो सरि !
मनले सोचेको रहर हरु पुरा होस् , सफलताको सिखर चुमोस !
देश, बिदेशमा छरिएर बस्नु भएका सम्पूर्णलाई बिजया दशमीको हार्दिक मंगलमय सुभकामना ...


Tuesday, October 30, 2012

माया को संसार दिन झैँ ढल्यो

आगो झैँ सपना जल्यो भने…
माया को संसार दिन झैँ ढल्यो भने..
कहाँ पुग्ने होला हाम्रो जोडियको नाता…
भित्रि मन मा आधि बताश चल्यो भने

Monday, February 13, 2012

A Day to Celebrate Love
 
The 14th February each year is the day on which lovers express their love for each other. That day special for couple,gifts of love are exchanged on Valentines Day. Valentines Day - A Day to Celebrate Love

It is estimated that over one billion Valentine's Day cards are given every year on 14th February around the world. But the celebration of this day dedicated to love goes back centuries earlier. love became almost an obsession. Love steals over all of us in one form or another. in Valentine day your action could be something as simple as making a Valentine's Day card for your special someone. The real key is to personalize your gift for that special someone. That way, they know you're thinking of them. You did when you were in primary school so you can do it again. Luckily, your efforts don't really need to be any better than they were back then. We now have computers Look for something exotic, unique, individual from around the world. Just like your Valentine! It might be something as short as a romantic getaway, Extend your experience and your celebration to other heart pumping activities. Celebrate that special person in your life. Whether the relationship is a day old or decades old, you still have something new to learn about them. Get it on 14th February.

Thursday, May 26, 2011

 फुल सरी हाम्रो माया,काडा कहिले नभाइ दियोस
दुई आत्मा को मिलन हाम्रो टाढा कहिले नभाइ दियोस
फुलाउने हाम्रो माया मिले सबै मिल्छ हाम्रो हातमा
यस भित्र कसेइले आँखा नलगाइ दियोस
माया लगाइ छोडी जाने पापी नहोस हाम्रो माया
बाचा गरी लत्याइ दिने नहोस कहिले हाम्रो माया

नलगाउने माया लाए पछी डर किन मान्थे
नगर्ने बाचा गरे पछी- साथ किन छोड्थे
तिमीले पराइ सम्झे पनि, मैले आफ्नो सम्झी राछु
तिम्रोइ खुसी किन्न भनी भिशा लगाइ आछु
जाली होकी तिम्रो माया थाहा पाउनु गाह्रो भो
तिमीलाई सम्झेर दिन त बित्छ तर
रात काटन्न सारो भो