Thursday, March 30, 2017

मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु

तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा !
तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगि बढाउँदा !!
मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच !
अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !!
 
शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु !
तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !!
मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु !
मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !!

No comments: